Skip This
आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३१ सोमबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १४:o३:oo

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाएकोमा गुनासो गरेका छन्। सोमबार ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नै भवनबाट काम गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।

महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझै पनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आमनागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराई प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे। ‘गत वर्ष आमनागरिकबाट एक सय ९१ रोपनीभन्दा बढी जग्गा प्राप्त गरेका छौँ। सबै प्रहरी इकाइले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्। अहिले पनि धेरै प्रहरी कार्यालय, ब्यारेक भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएकाले आमनागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि गृह मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको छु,’ उनले भने।

कर्तव्यज्यानलगायत संगठित अपराधमा उल्लेख्य कमी आएको महानिरीक्षक सिंहको दाबी छ। आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै उनले आर्थिक अपराध र अपराधीप्रति संगठनको कठोर नीतिका कारण निवेदन दर्ता गर्ने पीडितहरू बढेकाे बताए।

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए।