१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१o:oo

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम छ । यस आयोजनामा ७६–७६ मेगावाटका ६ ओटा टर्बाइन (युनिट) रहेका छन् । त्यसबाट अधिकतम ४५६ मेगावाट विद्युत् उत्पादन हुन्छ । 

स्वदेशी लगानीमा ०६७ देखि निर्माण सुरु भएको उक्त आयोजना २१ असार ०७८ बाट सञ्चालनमा आएको हो । दोलखा बिगु गाउँपालिकास्थित उक्त जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजनामा समेत सूचीकृत छ । राष्ट्रिय गौरवका २४ आयोजनामध्ये सबैभन्दा पहिला सञ्चालनमा आउने आयोजना पनि यही हो । 

यस आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड रहेको छ । सो कम्पनीमा प्राधिकरणको सबैभन्दा बढी अर्थात् ४१ प्रतिशत सेयर हिस्सा छ । यस्तै, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको दुई–दुई प्रतिशत सेयर रहेको छ । साथै, सर्वसाधारणको १५ प्रतिशत र स्थानीय बासिन्दाको १० प्रतिशत सेयर हिस्सा छ । यसको चुक्तापुँजी १० अर्ब ५९ करोड रहेको छ ।

यस आयोजना बनाउन कुल ८४ अर्ब खर्च भएको छ । त्यसमा ५२ अर्ब खुद लागत रहेको छ भने ३२ अर्ब ब्याजबापत भएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा यस आयोजनाले सात अर्ब १७ करोडको विद्युत् बिक्री गरेको छ । 

ad
ad