१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

के हो उम्मेदवार प्रदीप पौडेलको ‘बिसिडी’ माेडल ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:१२:oo

काठमाडौं–५ बाट उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले चुनावी अभियानलाई आक्रामक बनाएका छन्। 

टिकट पाएलगत्तै चुनावी प्रचारलाई तीव्रता दिएका पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल अघि सारेका छन्। 
 
शनिबार कांग्रेस टोखा नगरपालिका–२ को वडा कार्यसमिति कार्यालयमा आयोजित चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै पौडेलले विकासको नयाँ मोडल सार्वजनिक गरेका हुन्। 

उनले मोडलको लामो व्याख्या गर्दै भने, ‘हामीले ‘बिसिडी’ भनेका छौँ। ‘बी’ भनेको ब्रेन ड्रेन। नेपालका ग्रामीण बस्तीका युवाहरू मलेसिया जानुभएको छ। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पार्नुभएको छ। काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नुपरेको छ। नेपालमा बौद्धिक पलायनताको स्थिति छ। ब्रेन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्नुपर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौँ।’

उनले अगाडि थपे, ‘सी’ भन्नाले करप्सन। यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरूले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरूलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्तिवद्धता पनि व्यक्त गर्न चाहन्छौँ।’
 
अन्तिम मोडल अर्थात ‘डी’। यो मोडलले डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापनलाई बुझाउने उनले बताए।  उनले यसको व्याख्या गर्दै भने, ‘डेभलपमेन्ट मात्र होइन त्यसको म्यानेजमेन्ट पनि आवश्यक छ। व्यवस्थित ढंगबाट डेभलपमेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धिहरू हासिल गर्न सक्छौँ। यी तीन कुरा हाम्रा प्रधान विषयहरू हुन्। म यहाँहरूको बीचमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’ 

उनले अघिल्लो हप्ता कांग्रेस नेता नरहरि आचार्य, माओवादी केन्द्रका नेता दिनानाथ शर्मालाई भेटेर आसन्न निर्वाचन, चुनाव प्रचारप्रसार र चुनावी क्षेत्रबारे जानकारी लिएका थिए। 

नेता आचार्यले जनताका पक्षमा काम गर्न अडिग रहन सुझाब दिएका थिए। अर्का नेता शर्माले पनि जितको अग्रिम शुभकामना दिँदै नजपक्षीय काममा अग्रसर हुन आग्रह गरेका थिए। 

उम्मेदवार पौडेलले देश बनाउने नीतिको नेतृत्व काठमाडौं ५ ले गर्नुपर्ने धारणा राख्दै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। 

ad
ad