मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला क्रिकेट : गण्डकीविरुद्ध एपिएफ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १५:५५:oo

राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीबार आयोजक गण्डकी प्रदेशमाथि नाै विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले एक सय ६ बल बाँकी रहँदै भेट्टाउन सफल भएको हो। अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

जवाफी ब्याटिङ गरेको एपिएफको तर्फबाट सीता रानामगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले तीन बलमा दुई चौकासहित नाै रनको योगदान गर्दै जित दिलाइन्। खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो।

गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकको योगफल तयार पार्न सकेनन्। सृष्टि जैसीले बनाएको पाँच रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो। एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले तीन ओभरमा चार रन खर्चिएर दुई विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक–एक विकेट लिए। गण्डकीकी सृष्टि जैसीले एक विकेट लिइन्।

जितसँगै एपिएफ ग्रुप ‘ए’को शीर्ष स्थानमा पुगेको छ। एपिएफले दुई खेलमा दुई जित हासिल गर्दै चार अंक जोडेको छ।