मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
२०७९ असोज २६ बुधबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित हुँदै

Read Time : < 1 मिनेट
२०७९ असोज २६ बुधबार ११:४३:००

हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङउर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । प्रदेशसभातर्फ स्वतन्त्र  उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । 

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालय मनाङमा निवेदन दिएका छन् । उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेसँगै मनाङे निर्विरोध निर्वाचित हुने छन् ।

उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने छन् । मनाङको प्रदेश सभा (ख) मा एमाले तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् ।