Skip This
घाइते पुटिनलाई कसरी सम्हाल्ने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Saturday, 27 July, 2024
डेभिड ब्रुक्स
२o७९ असोज २६ बुधबार o८:३३:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

घाइते पुटिनलाई कसरी सम्हाल्ने ?

Read Time : > 3 मिनेट
डेभिड ब्रुक्स
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार o८:३३:oo

विश्व बदलिएको देखिँदै छ । भ्लादिमिर पुटिन गहिरोसँग घाइते भएकोजस्तो देखिँदै छ । युक्रेनमा रुस सम्पूर्ण रूपले अपमानित भयो भने आफ्नो शासनको अस्तित्व खतरामा पर्ने कुरा पुटिनले राम्रोसँग बुझेका छन् । युद्धलाई चर्काउनु नै यस सन्दर्भमा आफ्नो रणनीति भएको उनले विश्वलाई देखाएका छन् । उनले युक्रेनविरुद्धको युद्धलाई सम्पूर्ण पश्चिमविरुद्धको संघर्षका रूपमा प्रस्तुत गर्नु नै आफ्नो शासन टिकाउने सर्वाेत्तम अस्त्र भएको संकेत पनि दिइरहेका छन् ।

अहिले उनी हतास र आफ्नो शक्ति कमजोर भइरहेको जान्दाजान्दै पनि आक्रमणमा जाने निर्णय गरेको घाइते बाघजस्तै छन् । गतसाता मैले अमेरिकी अधिकारीले यस स्थितिलाई कसरी लिइरहेका छन् भन्नेबारे केही कुरा थाहा पाएँ । पुटिनको घाउ अहिले प्रस्ट देखिन्छ । अमेरिकी गुप्तचरहरू युक्रेनमा रुसी सेना सजिलै हार्ने सम्भावना नरहेकोमा विश्वास गर्छन् । तर, उनीहरू रुसी सेनाले नराम्रो क्षति भोगिरहेकोमा भने आश्वस्त छन् ।

मलाई युक्रेनमा अहिलेसम्म ८० हजारदेखि एक लाख १० हजार रुसी सेना मारिएको या घाइते भएको हुन सक्ने बताइएको छ । रुसले युद्धपूर्व आफूसँग भएका सैन्य ट्यांकमध्ये ५० प्रतिशत गुमाइसकेको छ । उसका २० देखि ३० प्रतिशत इन्फ्यान्ट्री फाइटिङ भेहिकल र १० मा एक अत्याधुनिक लडाकु विमानहरू नासिइसकेका छन् । रुसीहरूले प्रिसिजन हतियारहरू पनि ठूलो परिमाणमा खर्चिसकेका छन् । उनीहरूको मनोबल नराम्रोसँग गिरेको छ । बितेको केही हप्तादेखि रुसी सेना रक्षात्मक अवस्थामा पुगेर पछाडि हटिरहेका छन् ।

तर यो डरलाग्दो परिस्थितिले पुटिनमा नम्रता होइन, बरु दुस्साहस पैदा गरेको छ । गत साता रुसी जनतालाई सम्बोधन गर्दै उनले युक्रेनमा भएको कारबाहीलाई रुसलाई विभाजन र नष्ट गर्न चाहने पश्चिमा शक्तिविरुद्धको प्रतिकारका रूपमा चित्रण गरे । उनले क्राइमिया रुसको हिस्सा भएको र पूर्वी युक्रेन पनि रसियाकै हिस्सा भएकोतर्फ संकेत गरेका छन् । अब यी क्षेत्रमाथिको आक्रमणलाई उनले रुसमाथिकै आक्रमणका रूपमा हेर्नेछन् । युक्रेनी सेनाबाट पूर्वी युरोपमा हुने आक्रमणलाई पनि उनले यही भन्नेछन् । उनको भाषणको महत्वपूर्ण अंश यस्तो थियो– हाम्रो मुलुकको भौगोलिक अखण्डतामा खतरा उत्पन्न भएमा अनि रुस र रुसी जनताको रक्षार्थ निःसन्देह हामी उपलब्ध सबै हतियार प्रणाली प्रयोग गर्नेछाैँ । यो कुनै धम्की होइन ।

अमेरिकी अधिकारीहरू अहिले पुटिनले रुसमाथि आक्रमण भएको बहाना गरेर युद्धलाई चर्काउन सक्ने सबै तरिकाविरुद्ध तयारी गरिरहेका छन् । उनले पोल्यान्ड र मध्य तथा पूर्वी युरोपका विभिन्न स्थानमा रहेकी अमेरिकी सैन्य संरचनामा मिसाइल दाग्न सक्छन् । भूउपग्रहरू नष्ट गरेर युद्धलाई अन्तरिक्षमा लैजान सक्छन् । नेटोसम्बद्ध राष्ट्रहरूमा क्षेप्यास्त्र प्रहार गर्न सक्छन् । सम्भवतः उनले युक्रेनी सहरमा, युक्रेनको सैन्य संरचनामा वा धम्क्याउने ध्येयले कुनै खुला ठाउँमै पनि ट्याक्टिकल न्युक्लियर (सामरिक आणविक अस्त्र) प्रयोग गर्न सक्छन् । त्यसको ध्येय पश्चिमलाई धम्क्याएर युक्रेनप्रतिको सबै सहयोग बन्द गर्नु हुनेछ ।

पुटिनले अन्ततः लागत–लाभको विश्लेषण गर्नेछन् र वार्ता नै उत्तम विकल्प भएको निष्कर्ष निकाल्नेछन् भन्ने हो । दोस्रो, युक्रेनीहरूले पनि लागत–लाभ विश्लेषण गर्नेछन् । 

अमेरिकी अधिकारीलाई पुटिनले आणविक हतियार प्रयोग गर्ने, नगर्नेबारे निश्चिन्तता छैन । तर, उनीहरूले यो सम्भावनालाई गम्भीरतापूर्वक लिइरहेका छन् । रुसी अधिकारीसँगको कुराकानीमा उनीहरूले आणविक हतियारको कुनै पनि प्रयोगले विश्वलाई धेरै फरक ठाउँमा पुर्‍याउने सन्देश दिन खोजिरहेका छन् । यस्तो परिस्थितिमा उनीहरूको आकस्मिक योजना के हुनेछ भनेर त बताइरहेका छैनन्, तर ती निकै गम्भीर हुने संकेत भने दिएका छन् ।

समग्रमा अमेरिकी रणनीति युक्रेनी पक्षलाई रुसी आक्रमण परास्त गर्न सहयोग गर्ने नै हो । तर, उनीहरू यो काम बिस्तारै गर्न चाहन्छन् । अमेरिका सीधै रुसको सामुन्ने पर्न चाहँदैन । उनीहरू पुटिनलाई प्रत्यक्ष युद्धका लागि उक्साउन चाहँदैनन् । रुसलाई गोटेरड्यामरुङमा पुर्‍याउन अर्थात् पुटिनलाई अत्याएर सम्पूर्ण विश्वलाई नै युद्धमा तान्ने स्थिति सिर्जना गर्न चाहँदैनन् । उनीहरू युद्धको गतिलाई नियन्त्रण गर्ने कोसिस भने गरिरेहका छन्, ताकि रुस युक्रेनबाट बिस्तारै पछाडि धकेलिँदै जाओस् ।

युद्धको गति नियन्त्रण गर्ने कुरा साँच्चै कठिन सुनिन्छ, तर मौसमले सहयोग गर्नेछ । अक्टोबरदेखि नोभेम्बरको अन्तसम्ममा युक्रेन हिलोमा परिणत हुनेछ र त्यहाँ आक्रामक अभियान सञ्चालन गर्न कठिन हुनेछ । समयक्रमसँगै सम्भवतः अर्काे वर्षसम्म युक्रेनीहरूलाई आफ्ना अनुकूलताहरूको फाइदा मिल्न थाल्नेछ । उनीहरू आफ्नो मातृभूमिका लागि लडिरहेका छन्, उनीहरू लचिलो छन्, कमान्ड संरचनालाई विकेन्द्रीकृत गरेका छन्, पश्चिमी सहयोगका कारण उनीहरूको हवाई प्रतिरक्षाले रुसलाई हवाई तथा जमिनी कारबाही संयुक्त रूपमा सञ्चालन गर्न रोकेको छ र उनीहरूसँग धेरै राम्रो खुफिया संयन्त्र छ । पश्चिमले युक्रेनलाई हतियार आपूर्ति जारी राख्नेछ, सम्भवतः ट्यांक र उन्नत लडाकु विमान पनि दिनेछ । 

तीन लाख नयाँ रुसी सेनाको प्रवेशले पनि युद्धको आधारभूत गतिमा खासै ठुलो अन्तर पार्नेछैन । उनीहरू प्रशिक्षित छैनन् र उनीहरूको संयोजन पनि राम्रो हुनेछैन । युद्धभूमिमा रहेका सेनाको भन्दा नयाँ सेनाहरूको मनोबल उच्च हुने आधार छैन । मूर्खतापूर्ण युद्धलाई ठूलो बनाउँदैमा त्यो सबल हुँदैन ।अमेरिकीहरूको पहिलो आशा पुटिनले अन्ततः लागत–लाभको विश्लेषण गर्नेछन् र वार्ता नै उत्तम विकल्प भएको निष्कर्ष निकाल्नेछन् भन्ने हो । दोस्रो, युक्रेनीहरूले पनि लागत–लाभ विश्लेषण गर्नेछन् । उनीहरूले युद्ध जित्दै गर्दा पूर्वी युक्रेनमा रहेका रुसी सेनालाई भौतिक रूपमा त्यहाँबाट खदेड्न लगभग असम्भव भएको महसुस गर्नेछन् । त्यसैले, उनीहरूले पनि वार्ता गर्ने निर्णय गर्नेछन् । यदि त्यसो भयो भने युद्धको भौगोलिक समाधान निस्कनेछ र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था पुनः बहाल हुनेछ ।

मेरो अलग विचार के हो भने अतिशय पश्चिमा रणनीतिक सोचले युक्रेनी स्वयंले चाहिँ के चाहन्छन् भन्ने कुरा उपेक्षामा पर्न सक्छ । उनीहरूले जितिरहेका छन्, आफ्नो भूमिमाथि अन्यायपूर्ण युद्धबाट उनीहरू भावावेशमा छन् र आक्रोशमा छन् । उनीहरूमा क्रिमियासमेतलाई फिर्ता गर्ने प्यास पनि छ । यस्तोमा उनीहरूले यो युद्धलाई किन सुस्त बनाउलान्, आंशिक जितका लागि सम्झौता गर्लान्, गरेनन् भने के हुन्छ ?  युक्रेनीहरूको दृढ प्रतिरोधले उदार लोकतन्त्र र मानवीय आत्मसम्मानका कारण मानिसहरू अझै पनि लड्न र मर्न तयार छन् भन्ने देखाएको छ । यो विचारमा ठूलो शक्ति हुन्छ भन्ने यसले देखाएको छ । तर, दुर्भाग्यवश, अत्याचारीहरू हार्दा कहिलेकाहीँ झन् खतरनाक हुन्छन् ।