मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २४ सोमबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खराब माैसमले हुम्लाबाट सुत्केरी र घाइतेको उद्धार हुन सकेन

Read Time : < 1 मिनेट
२०७९ असोज २४ सोमबार १८:१६:००

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीनजनालाई खराब माैसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार हुने भनिए पनि खराब माैसमका कारण चंखेली गाउँपालिका- ६ का घाइतेकाे उद्धार हुन नसकेकाे हाे।

बिरामीकाे उद्धार हुन नसकेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले जानकारी दिए। माैसम सफा भएपछि हेलिकोप्टरबाट भोलि उद्दार हुने डिएसपी ओझाले बताए। चंखेली गाउँपालिका- ६ काे मेल्छामबाट तीनजना बिरामीकाे उद्धार हुने भनिएकाे थियाे तर कालिकाेटबाट बिरामी लिएर हेलिकोप्टर सुर्खेत गएकाे डिएसपी ओझाले जानकारी दिए। 

अविरल वर्षाले ताजाँकाेट गाउँपालिका- ५ का ७ वर्षीय केशव परियार घाइते रहेका छन् भने सर्केगाड गाउँपालिका– ७ की २५ वर्षीया पवित्रा छन्त्याल चार दिनदेखि सुत्केरी व्यथाले छटपटाइरहेकी छिन्।