प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दिवेश लोहनीलाई केन्द्रीय निर्वाचन सेलको कमान्डरको जिम्मेवारी दिएको छ । यसअघि निर्वाचन सेलको नेतृत्व गरेका एआइजी सहकुल थापाको प्रहरी एकेडेमी सरुवा भएपछि डिआइजी वसन्तबहादुर कुँवरले निमित्त विभागीय प्रमुखका रूपमा सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
चुनावी सेल नै निमित्तको भरमा चल्दा समस्या भएपछि अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी लोहनीलाई आइतबारदेखि निर्वाचन सेलमा जिम्मेवारी दिइएको हो ।
उनलाई कार्य विभागसमेत हेर्ने जिम्मेवारी दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । प्रहरीमा हाल कार्य विभाग र प्रदेश समन्वय विभागमा गरी दुई एआइजीको दरबन्दी रिक्त छ । कात्तिकमा थप दुई एआइजीले अवकाश पाउँदै छन् ।