
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले सप्तरी– २ बाट उम्मेदवारी मनोनयन गराएका हुन्।
उनी उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन्। उनीविरुद्ध जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्।