मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २२ शनिबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटाले छाेडे सरकारी सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १७:३५:oo

सभामुख अग्निप्रसाद सापकोटा सरकारी सेवा सुविधा छोडेका छन्। सभामुख सापकोटाले आजदेखि सरकारी सेवासुविधा  छोडेर निजीनिवास  फर्केको उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणासमेत गरेका छन्। शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सापकोटाले उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराए। 

सिन्धुपाल्चोकका मतदाताप्रति आभार व्यक्त गर्दै आफू संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गरे।