नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गरेकी छिन्। राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग लैनचौरस्थित उनको सरकारीनिवासमा बिदाइ भेट गरेकी हुन्।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रूपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए। सभामुख सापकोटाले होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरे।
बिदाइ भेटमा राजदूत होउले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरेकी थिइन्।