१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Sunday, 30 June, 2024
२o७९ असोज २१ शुक्रबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार १८:३o:oo

अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मंगलसेन नगरपालिका– ११ खिमाडा गिटीखौला टोलकी ४४ वर्षीया सरस्वती रावललाई खोलाले बगाएको हो।

जिल्लाको बयालपाटाबाट घर फर्किने क्रममा दिउँसो साढे २ बजेपछि उनलाई मंगलसेन– ९ मा पर्ने कैलाश खोलामाथिको तापिरवा खोलाले बगाएको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

उनका अनुसार निरन्तरको वर्षाले बढेको खोला पार गर्न खोज्दा उनी बेपत्ता भएकी हुन्। खोलामा बेपत्ता रावलसँगै अन्य दुईजना महिला पनि थिए।

उनीहरूमध्ये एक महिला खोला पार गर्न सफल भइन् । उनीपछि खोला पार गर्न खोज्दा रावललाई खोलाले बगाएको थियो भने अर्की एक महिला पारि नै रोकिएकी थिइन्।

घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी निरीक्षक कैलाश विष्टको नेतृत्वमा खटिएको टोलीले तापिरवा र कैलाश खोला क्षेत्रमा खोजी गरिरहेको डाँगीले बताए।

दुई दिनदेखिको निरन्तरको वर्षाले अछामका सानाठूला सबै खोलामा पानीको बहाव बढेको छ भने अधिकांश ग्रामीण सडक बन्द छन्। जसका कारण खोला वारपार गर्न र एक ठाउँबाट अर्को ठाउँ जान कठिनाइ भइरहेको छ।
 

ad
ad
ad
ad