मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७९ असोज २१ शुक्रबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीका कारण वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार १५:३५:oo

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो । 

संस्थाका प्राविधिक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै  १० लाख रुपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो । उक्त समस्या समाधान हुनेबित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो ।

इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला बोरी खोला, इत्राम खोला र खोर्केखोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो । पानीको बहाव कम हुनेबित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए ।