१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २० बिहीबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस दुर्घटनाका घाइतेको उचित उपचारको व्यवस्था गर्न एमालेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १९:१९:oo

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित अमलेखगन्ज सडकखण्डमा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ। 

आज एक शोक वक्तव्य जारी गर्दै एमालेले दुर्घटनामा १६ जना यात्रुको मृत्यु भएको घटनाले आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ। 

एमालेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेकाे उचित उपचारको व्यवस्था गर्न माग गरेको छ। 

चाडबाडका वेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठूलो मानवीय क्षति भएको वक्तव्यमा उल्लेख छ।