मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १८ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७९ असोज १८ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार १४:o५:oo

नक्कली नेपाली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सिराहाको नरहा गाउँपालिका– ५ मा रहेको किशोरी ट्रेडर्स किराना पसलमा चुरोट खरिद गर्ने क्रममा नक्कली नेपाली एक हजारको नोट दिएपछि उनी पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भारतको सीतामाढी जिल्लाको ग्राम पञ्चायत भासर मछहा– ८ भासर चोकका २१ वर्षीय मो‍‍. रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

‘माे. रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गरी नक्कली नेपाली रुपैयाँ एक हजारको नयाँ नोट दियो,’ ाप्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले भने, ‘स्थानीयले खबर गरेर पुगेकाे प्रहरीले खानतलासी गर्दा थप नक्कली नेपाली नोट फेला पर्‍याे।’

पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको मो. रेजाउल्लाहबाट ३१ थान नयाँ नेपाली एक हजारको नोट, चाँदीका सिक्री, ब्रासलेट र औँठी एक–एक थान र मोबाइल एक थान बरामद गरिएको एसपी तिमिल्सिनाले बताएका छन्।

नयाँ नेपाली नोटको कारोबार सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको  भन्दै सिराहा प्रहरी प्रमुख  तिमिल्सिनाले चाडपर्वको वेला विभिन्न गिरोह नक्कली नेपाली नोटको कारोबार गर्ने भएकोले सतर्कता अपनाउन र प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

एक साताअघि सिराहाको कल्याणपुर बजारमा तीन थान नयाँ नेपाली एक हजारको नक्कली नेपाली नोट बरामद भएको थियो।