१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १६ आइतबार १४:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१८ सयमा टेवा खोज्दै नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार १४:२८:oo

अघिल्लो साताभरि घटेको बजार नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा लगानीकर्ता केही उत्साहित बनेका छन् । यस साता चार दिन खुलेको सेयर कारोबारमा तीन दिन नेप्से सूचकमा हरियाली छायो । नेप्से परिसूचक १४ दशमलव ७९ अंकले बढ्दै यस साताको कारोबारले बिट मारेको छ।

नेप्से सूचक दसैँको मुखमै हरियाली बनेर नौ दिनका लागि बजार बन्द हुँदा लगानीकर्ता थोरै उत्साहित बन्न पुगेका छन् । यतिवेला नेप्से सूचकले १८ सय बिन्दुको मनोवैज्ञानिक परीक्षण गरिरहेको छ । नेप्से सूचक निकै तल्लो बिन्दुमा रहेको हुँदा यससाता सुधारको संकेत देखिएको हो । हाल नेप्से सूचक २२ महिनायताकै न्यून बिन्दुमा रहेको छ । यस साता नेप्से सूचक १८ सय ५३ दशमलव ७६ सम्मको उच्चतम बिन्दु रहन पुग्यो भने १८ सय ११ दशमलव ७० को न्यूनतम बिन्दुसम्म आएर फर्किने प्रयासमा देखिएको छ । यसबीचमा ४२ अंकको फरक मात्र देखिएको छ । नेप्से सूचक १८ सय ५३ दशमलव ७६ बिन्दुमा बन्द भएको छ। 

अघिल्लो साता नेप्से परिसूचक ७१ दशमलव ४२ अंकले घटेको थियो । करिब ४ प्रतिशतले बजार घट्दा बजार मूल्य निकै सस्तो बन्नुका साथै लगानीकर्ता प्यानिक बनिरहेका थिए । त्यसलाई केही सुधार ल्याउँदै बजारले झिनो आशा देखाएको लगानीकर्ता अनिश त्रिपाठीले बताए । बजार निकै तल्लो बिन्दुमा छ, यस साताको झिनो संकेत अब यस बिन्दुबाट तल खस्दैन कि भनेर अनुमान लगाउन सकिने त्रिपाठी बताउँछन्।

नेप्से सूचकमा हरियाली छाए पनि कारोबार रकममा भने सुस्तता आएको छ । यस साता दुई अर्ब ८५ करोड रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो साता चार अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
 
औसत दैनिक कारोबार ७१ करोड रुपैयाँ रहेको छ । तत्कालको अवस्थामा लगानीकर्ता सेयर किन्न सक्ने अवस्थामा छैनन् । बैंकमा तरलता कायमै रहेको छ भने बीचमा चाडपर्व परेको हुँदा लगानीकर्तामा खर्चको सञ्चिति कम देखिएको छ । अर्कोतर्फ बैंकमा निक्षेप बढ्न थालेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले लाभांश प्रस्ताव गरिरहेका छन्।

दसैँ–तिहारपछि अर्थतन्त्र चलायमान हुने र बैंकमा पुनः निक्षेप बढ्ने अनुमान लगानीकर्ताको छ । त्यसैगरी, प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजारमा सकारात्मक हुन सक्ने आधारहरू तय भएका छन्।