१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२६:oo

चाडपर्वको समयमा घर फर्कने यात्रुहरुको सहजताका लागि लमजुङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 

चाडपर्वको सयमा यात्रु ठगिने, लुटपाट र चोरी हुनेजस्ता क्रियाकलाप बढ्नसक्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेंसीशहरको शेरा चोक, पाउँदी, सिउँडीबार, राइनासकाे तीनपिप्ले, भोर्लेटारको दुईपिप्ले, पाखुरीचोक र  मर्स्याङ्दीको खुदीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

‘चाडपर्वका बेला यात्रु ठगिने, लुटपाट हुने र चोरीजस्ता घटना बढ्ने भएकाले त्यसको रोकथामका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।

यात्रु सहायता कक्षमा प्रहरीको डयुटी रहने भएकाले यातायात व्यवसायीले तोकेभन्दा बढी भाडा लिए वा अन्य कुनै पनि गुनासो वा उजुरी भए यात्रुहरुले सहायता कक्षमा सम्पर्क गर्न सक्ने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर एवं सूचना अधिकारी जगदीश रेग्मीले बताए।

ad
ad