मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रणमा थप सक्रिय हुन स्वास्थ्यमन्त्रीलाई विवेकशीलकाे आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १९:३६:oo

विवेकशील साझाका नेता मिलन पाण्डेले आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगु नियन्त्रणमा सक्रिय हुन अनुरोध गरेका छन्।

नेता पाण्डेले नागरिकको अवस्था तथ्यांकभन्दा भयावह रहेको बताउँदै अस्पतालहरूको अवस्थाबारे मन्त्रीलाई जानकारी गराएका थिए। 

सरकारलाई स्थानीय तहसँग मिलेर सचेतनाको कार्यक्रम तथा लामखुट्टेको चेन ब्रेक गर्न काम गर्ने, सिटामोलको अभाव र वितरणमा मन्त्रालयले चासो लिने र डेंगु संक्रमित बिरामीका लागि चाहिने औषधि र स्वास्थ्य संस्थाहरूमा बेड थप गर्ने सुझाव दिएको नेता पाण्डेले बताए।