१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ असोज १४ शुक्रबार १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा कालिज फर्ममा पसेको चितुवा नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १६:४७:oo

गुल्मीको एक कालिज फर्ममा पसेको चितुवा नियन्त्रणमा लिइएको छ। रेसुंगा नगरपालिका– १० सिमिचौरस्थित गीता अर्यालको कालिज फर्ममा गएराति पसेको चितुवालाई वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले नियन्त्रणमा लिएकाे हाे।

स्थानीयले चितुवा गाउँमै छोड्न नमानेपछि माथिल्लो निकायसँग समन्वय गरेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय गुल्मीमा प्रमुख प्रभात सापकोटाले जानकारी दिए। उनका अनुसार चितुवाले केही कालिज मारेको छ भने अब के गर्ने भन्ने विषयमा छलफल पनि भइरहेको छ।

यसअघि रेसुंगा नगरपालिका– ६ निन्निचौरका ३० वर्षीय यमबहादुर कुँवरको कुखुरा फर्ममा पनि चितुवा पसेर ६४ वटा कुखुरा मारेको थियो। चितुवाको आक्रमणबाट यमबहादुर घाइते भएका थिए।

पछिल्लो समय मानिसहरू बसाइँ सर्ने र जंगल बढ्ने क्रम बढ्दा गाउँमा चितुवाआतंक बढेको छ। जिल्लामा एक वर्षको अवधिमा चितुवाले दुईजनामाथि आक्रमण गरेको छ भने ९० बाख्रा र २३ गाईभैँसी मारिएका छन्।