मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज १३ बिहीबार १९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देश एमालेमय बनेको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १९:o९:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमालेमय बनेको दाबी गरेका छन्। उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरू एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे।

बिहीबार निजीनिवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अवस्था देखेर आमनागरिकहरू दिक्क भएको बताए। 
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए। उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे।

 अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमालेबाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे।