Skip This
सामुदायिक वन क्षेत्रमा फ्याकेको फोहोरमा बेवारिसे शव भेटियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ असोज १३ बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक वन क्षेत्रमा फ्याकेको फोहोरमा बेवारिसे शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १७:२o:oo

धरान–१५ स्थित बाझकरा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा वेवारिसे शव फेला परेको छ । वन क्षेत्रमा थुपारेको फोहोरको थुप्रोमा पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा  १०/१५ दिन अघि फालिएको जस्तो देखिएको छ । फोहोरको थुप्रोमाथि मानिसको शव फोहोर टिप्नेले देखेपछि वन हेरालुलाई खबर गरेको वन समुहका उपाध्यक्ष कुमार भारतीले  जानकारी दिए ।

फोहोरसँगै मानिसको शव समेत फालिएको पाइएपछि वन समुहले इलाका प्रहरी कार्यालय धरानलाई खबर गरेको थियो । उपमहानगरले मानिसको शव फोहोरसँगै फ्याकेर गम्भीर लापरवाही गरेको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ । 

धरान उपमहानगरपालिकाले नकुहिने फोहोर सामुदायिक वन क्षेत्रमा फाल्दै आएको छ ।