१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १७:२o:oo

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छिन्। 

यसअघि केन्द्रीय सदस्यमा मनोनीत भएकी थापालाई मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्।

गत मंसिरमा सम्पन्न पार्टी महाधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्री उठेर पराजित भएकी थिइन्। 

त्यति वेला कुन्तीकुमारी शाहीसँग पराजित भएकी उनलाई अहिले लिङ्देनले कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्। 

थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा गृह क्षेत्र मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिँदै छिन्। यही क्रममा उनले आफ्नो चुनावी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्र पारेकी छिन्।