१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Sunday, 06 July, 2025
एजेन्सी एजेन्सी
२o७९ असोज १३ बिहीबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साउदी अरबका विश्वविद्यालयमा योगकक्षा सञ्चालन

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १४:४८:oo

योगबारे चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले  देशभरका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक  कक्षा आयोजना गरिएको छ।

साउदी विश्वविद्यालयमा परम्परागत योग र योगासन दुवै  विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीलाई योग अभ्यास गर्न विभिन्न विकल्प प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो।

योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य रहेको थियो। 

साउदी युनिभर्सिटी स्पोर्टस् फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो।

युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गरराउने उद्देश्यले विश्वविद्यालयभित्र व्यावसायिक योगासन प्रतियोगिताको विस्तार गर्ने योजना राखिएको छ।

साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखिएको बताए। योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ। 

अलमारवाईले समितिले अभ्यासकर्ताहरूको संख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताएका छन्।