१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Monday, 12 May, 2025
२o७९ असोज ११ मंगलबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फावाखोलामा पुल बनेपछि ताप्लेजुङवासीलाई अर्को जिल्ला घुम्ने बाध्यता हट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार १८:१९:oo

ताप्लेजुङको पूर्वी गाउँपालिकाहरूको सिमानामा रहेको फावाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएपछि अब अर्को जिल्ला घुमेर जानुपर्ने बाध्यता हटेको छ। पुल नहुदा पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला तरेर घुमेर जानुपर्ने बाध्यता थियो। अब भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिनेछ।

जिल्ला सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिका- ११ फावाखोल र सिरिजंघा गाउँपालिका- ३ सिकैचाको बीचमा रहेको फावाखोलामा पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माण सम्पन्न सँगै दुई पालिका मात्र होइन कञ्चनजंघा हिमाल चड्न आउने पर्यटकको लागि पनि यो पुलले कोशेढुंगाको काम गर्ने बताइएको छ।