मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १४:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दीपककुमार कार्की बिदामा, हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १४:२४:००

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा बसेसँगै हरिकृष्ण कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् । 

दीपककुमार मंगलबारबाट बिदा बसेका छन् । उनी आगामी १५ असोजपछि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् । सर्वोच्चको नेतृत्व लगातार दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको हातमा जाँदै छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा गत १ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका थिए । उनी कायममुकायम रहँदै अवकाशमा जाँदै छन् । आगामी २७ मंसिरबाट जबरा पनि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।