Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना विकास बैंकको चाडपर्व अफर दैनिक एक लाख जित्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार ०६:०४:००

कामना सेवा विकास बैंकले चाडपर्व अफर ल्याएको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकलाई लक्षित गरी चाडपर्वमा डिजिटल भुक्तानीमार्फत अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले अफर ल्याएको जनाएको छ । यो योजनाअनुसार बैंकले यही असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्ने भएको हो ।

‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छाडौँ, फोनपे गरौँ’ भन्ने नाराअन्तर्गत क्युआर प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले भुक्तानी रकमको १० वा सय रुपैयाँसम्म छुट पाउनेछन् । साथै, फोनपेबाट क्युआर, आइबिएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन एक लाखसम्म जित्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, डिजिटल माध्यमबाट भुक्तानी लिँदा व्यवसायीले हरेक दिन स्मार्ट फोन पनि जित्न सक्ने बताइएको छ ।