मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Wednesday, 18 December, 2024
द इकोनोमिस्ट
२o७९ असोज ११ मंगलबार o८:३८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

तातो विश्वमा पाकिस्तानको जस्तो विनाशकारी बाढी सामान्य

Read Time : > 2 मिनेट
द इकोनोमिस्ट
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार o८:३८:oo

गत हप्ता पाकिस्तान भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानमा बाढीले पुर्‍याएको क्षतिलाई ‘वर्णन गर्ने शब्द नै नभएको’ प्रतिक्रिया दिए । यो विपत्तिको परिमाणलाई संख्यामा बताउन भने सकिन्छ । यसले १४ सयभन्दा धेरै मानिसको ज्यान लिएको छ, तीन करोड ३० लाख मानिसलाई केही समय आफ्नो थातथालोबाट विस्थापित गर्‍यो भने १७ लाख घरलाई क्षतिग्रस्त बनाएको छ । मुलुकको आधाभन्दा धेरै कपासखेती नष्ट गरेको छ । बाढीकै कारण यस वर्ष पाकिस्तानमा गहुँको उत्पादन धेरै घट्न सक्छ ।

पाकिस्तान सरकारका अनुसार यो वर्षको बाढीबाट भएको क्षतिको मूल्य ३० अर्ब डलर (जिडिपीको ९ प्रतिशत) नाघ्न सक्छ । पाकिस्तानी अधिकारीहरूले धनी मुलुकहरूलाई सहयोगका लागि गुहारेका छन् । पाकिस्तान मानवीय दृष्टिले मात्रै होइन, यो विपत्तिको मूलमा रहेको कार्बन उत्सजर्नमा धनी देशहरूको ठूलो भूमिका भएकाले पनि उनीहरूले सहयोग गर्नुपर्ने तर्क गरिरहेका छन् । वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) प्रोजेक्टले यही १५ सेप्टेम्बरमा प्रकाशित गरेको एउटा अध्ययनअनुसार विश्वव्यापी तापमा वृद्धिले भारी वर्षा र बाढीका घटना बढ्ने देखाएको छ ।

स्थिति झनै बिग्रिँदै जाने देखिएको छ । सन् २१०० सम्ममा विश्वतापमान औद्योगीकरण पूर्वको भन्दा अधिकतम दुई डिग्री सेन्टिग्रेड बढ्ने परिदृश्यमा समेत यो शताब्दीमै हिमालयको एकतिहाइ हिउँ बिलाएर गइसक्नेछ ।

समग्र तापकक्रम बाढी र व्यापक जलवायु प्रवृत्तिबीचको पहिलो कडी हो । गत अप्रिल र मे महिनामा पाकिस्तान र छिमेकी मुलुक भारतको अधिकांश भूभागलाई भीषण गर्मीले चपेटामा लिएको थियो । डब्लुडब्लुएको अघिल्लो एउटा अध्ययनले विश्वतापमानका कारण यस्तो तापक्रम औद्योगीकरण पूर्वको तुलनामा ३० गुणा बढी भएको देखायो । धेरै तातो हुँदा हावाले अधिक आर्द्रता सोस्छ र भारी वर्षाको सम्भावनालाई बढाउँछ । पाकिस्तानमा यही अगस्ट महिनामा गत ३० वर्षको औसतको तीन गुणा बढी वर्षा भयो । विभिन्न सिमुलेनसमा आधारित रहेर डब्लुडब्लुएका वैज्ञानिकहरूले गरेको अनुमानअनुसार यदि विश्व पूर्वऔद्योगिक युगको भन्दा १.२ डिग्री सेल्सियस नतात्दो हो भने पाकिस्तानको यो वर्षको सबभन्दा खराब वर्षाको सघनता ५० प्रतिशत कमी हुने थियो ।

पाकिस्तानको उत्तरी क्षेत्रमा रहेका सात हजार दुई सय हिमताल पहिलेको भन्दा छिटो पग्लिरहेका छन् । यसको मुख्य कारण हरितगृह ग्यासको उत्सजर्न नै हो । अन्य यी हिमतालहरूलाई तेस्रो धु्रव (थर्ड पोल) भनिन्छ किनभने यो स्थान धुव्रीय क्षेत्रहरूपछि यहाँ सबैभन्दा धेरै हिउँ छ । गत जुनमा प्रकाशित एक अध्ययनले सन् १९८०–२०१८ को बीच यो क्षेत्रमा प्रतिदशक शून्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम बढेको छ, जुन विश्वव्यापी औसतभन्दा दुई गुणा धेरै हो । अन्य खालका वायु प्रदूषणले पनि हिमताल खुम्चने दरलाई तीव्र बनाइरहेको छ । जब हिउँमा काला कण मिसिन पुग्छन् त्यसले हिमतालको सतहलाई कालो बनाउँछ र हिमतालले सूर्यको किरणलाई थप बढी सोस्न थाल्छ र पहिलेको भन्दा धेरै छिटो पग्लिन थाल्छ । 

गत जुनमा प्रकाशित एक अध्ययनले सन् १९८०–२०१८ को बीच यो क्षेत्रमा प्रतिदशक शून्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम बढेको छ, जुन विश्वव्यापी औसतभन्दा दुई गुणा धेरै हो । अन्य खालका वायु प्रदूषणले पनि हिमताल खुम्चने दरलाई तीव्र बनाइरहेको छ ।

अनुसन्धानकर्ताहरूले स्याटेलाइटका तस्बिरको अध्ययन गरेर निकालेको निष्कर्षअनुसार सन् २०००–१९ मा उत्तरी पाकिस्तानको हिमच्यादर (परत) ४.६ गिगाटन (१८ लाख ओलम्पिकका स्विमिङपुुल बराबर)ले घटेको छ । सन् २०२२ मा थप कति हिउँ पग्लियो त्यसको हिसाब निकालिसकिएको छैन । गिलगिट–बल्तिस्तानको उत्तरी क्षेत्रका हिमतालबाट यो वर्ष १६ पटक अचानक पानीको बहाव बढेर आयो । अघिल्ला वर्षहरूमा यस्ता घटना पाँचदेखि ६ पटक मात्रै हुने गथ्र्याे ।

तेस्रो धुव्रका यी हिमताल नै दक्षिण एसियाका मुख्य नदीका स्रोत हुन् । तीनको पग्लने क्रमसँगै वर्षात्मा यहाँका नदीहरूको आकार बढ्दै गएको छ । सन् १९८० देखि २०१८ सम्ममा पाकिस्तानको सबैभन्दा ठूलो नदी इन्दुसको पानीको सतहमा प्रतिदशक ३.९ गिगाटनले वृद्धि भएको देखिन्छ ।स्थिति झनै बिग्रिँदै जाने देखिएको छ । सन् २१०० सम्ममा विश्वतापमान औद्योगीकरण पूर्वको भन्दा अधिकतम दुई डिग्री सेन्टिग्रेड बढ्ने परिदृश्यमा समेत यो शताब्दीमै हिमालयको एकतिहाइ हिउँ बिलाएर गइसक्नेछ । यसको दुष्परिणाम यस क्षेत्रका विपन्न मुलुकहरूले खेप्नुपर्नेछ जब कि यो विपत्ति निम्त्याउनमा भूमिका खेलेको हरितगृह ग्यासको हालको सञ्चयमा यी मुलुकहरूको योगदान एकदमै कम छ । यद्यपि, अहिले उनीहरूले पनि उत्सर्जन बढ्दै गएका छन् ।