Skip This
‘थिंक ट्यांक’ समेट्न नसक्दा श्रीलंका संकटमा छ : स्वर्णिम वाग्ले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ९ आइतबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘थिंक ट्यांक’ समेट्न नसक्दा श्रीलंका संकटमा छ : स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १८:२१:oo

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिंक ट्यांकहरूको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन्। 

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानि-नोक्सानी हुने विषयमा पनि थिंक ट्यांकहरूले पूर्ण जानकारी राख्नुपर्ने बताए। 
उनले श्रीलंकाले थिंक ट्यांकहरू समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए। नेपालले पनि थिंक ट्यांहरूलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे। 

उनले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिंक ट्यांकहरूले दिएका सुझाब र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए।

उनले भने, ‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरूले। त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्सन होइन, कस्ट अफ इन एक्सनतिर पनि हामी जानुपर्छ। यस्ता कुराहरू पनि थिंक ट्यांकहरूले बोल्दिनुपर्छ।’

वाग्लेले थिंक ट्यांकहरूलाई सरकारको सहयोगमा विकास गर्न जरुरी रहेको बताए। शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरूमा पनि थिंक ट्यांकहरूको कमी भएको उनको भनाइ थियो। 

उनले भने, ‘नीति निर्माण गर्दा पारदर्शी बनाउनुपर्छ। विश्वसनीयता र पारदर्शी भएमा थिंक ट्यांकहरूको सुझाब पनि सरकारलाई दिँदा राम्रो हुन्छ। थिंक ट्यांकहरू पनि इन आइसोलेसन रहने होइन। पश्चिमा मुलुकहरूबाट हामीले सिक्न जरुरी छ। विश्वविद्यालयभित्र थिंक ट्यांकहरूलाई सस्टेन गर्ने, पब्लिक फन्डिङबाट सस्टेन गर्ने हो।’