१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ९ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३१ लाख पाँच हजार रुपैयाँको लागुऔषधसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १६:२३:oo

नेपाल प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। 

सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ दुईजना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ तीनजना र लागुऔषध एम्पुल बससहित अन्य एकजना छन्। पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जीव राईलाई पक्राउ गरेको थियो। 

त्यस्तै, भदौ २४ गते ललितपुरको थसिखेलबाट बा.५च ७१३८ नम्बरको बोलेरो पिकअप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन तीन सय ३४ एम्पुल, डाइजेपाम तीन सय ३३ एम्पुल र फेनारगन तीन सय ३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। 

बरामद लागुऔषधको बजार मूल्य ३१ लाख पाँच हजार आठ सय १० रहेको ब्युरोले जनाएको छ। उपत्यका लागुऔषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषधसमेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोले ६ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।