Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ९ आइतबार ०९:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच कम्पनीले गरे लाभांश प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ९ आइतबार ०९:२३:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुुनाफाबाट लाभांश बाँड्ने भएका हुन् ।

नेप्सेमा १३ वटा समूूहमा सूचीकृतमध्ये पाँच कम्पनीबाहेक अरू कम्पनीले हालसम्म लाभांश प्रस्ताव गर्न सकेका छैनन् । 
वाणिज्य बैंक समूूहतर्फ सिटिजन बैंकले मात्र लाभांश प्रस्ताव गरेको छ । सिटिजनले गत आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमध्ये १२ दशमलव ७ प्रतिशत बोनस सेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश थियो । 

गत आर्थिक वर्षसम्म कोभिड–१९ को असर कायमै रहेकाले बैंक तथा वित्तीय संस्थाहरूको आम्दानी खासै बढ्न नसकेको र लाभांश दिने क्षमता नबढेको लगानीकर्ताको बुझाइ छ । 

जलविद्युुत् समूूहतर्फ अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने सानिमा माई हाइड्रोपावर कम्पनीले पाँच दशमलव २७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष अरुण काबेली पावर कम्पनीले १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।

लगानी समूूहअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चार दशमलव ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । कम्पनीले लगानीको क्षेत्र बढाउँदै जाने योजना बनाएको भए पनि नाफामा खासै उत्साहजनक प्रगति देखिएको छैन ।

त्यसैगरी, नेपाल ल्युुब आयल लिमिटेडले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा कम्पनीले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।