१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ९ आइतबार ०९:१२:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बागमती सरकारले प्रदेशका ५० वडालाई एक–एक करोड दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ९ आइतबार ०९:१२:००

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम अघि बढाएको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि कार्यक्रम सुरु गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले जानकारी दिए । 

‘हामीले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेका छौँ । कम्युनिस्ट पार्टीका नेताले प्रदेश सरकारको नेतृत्व र अर्थ मन्त्रालय सम्हालेका वेला वडा समाजवादी कार्यक्रम सुरु गरेका छौँ,’ शनिबार राजधानीमा आयोजित समाजवादी प्रेस संगठनको बागमती र उपत्यका प्रदेशको भेलामा मुख्यमन्त्री पाण्डेले भने, ‘यसपटक हामी करिब ५० वटा वडामा एक–एक करोडका दरले पैसा पठाएर जनताको जीवनस्तर उकास्नेछौँ । आर्थिक रूपले र शिक्षा, स्वास्थ्य र रोजगारीका हिसाबले पछाडि रहेका जनतालाई सक्षम बनाउने हाम्रो योजना छ ।’

१० हजार युवालाई तीनमहिने सीपमूलक तालिम दिइने पनि उनले बताए । पाण्डेका अनुसार देशभित्र काम गरेर मासिक ५० हजार कमाउन सकून्, देशबाहिर गएमा अहिलेको भन्दा तेब्बर कमाउन सकून् भन्ने हिसाबले युवाहरूलाई सीप विकास तालिम दिने निर्णय भएको छ । जनताको जीवनस्तर उकास्न कृषिमा अनुदान दिएको पनि उनले बताए । ‘३ प्रतिशत ब्याजमा साना किसान सहकारीमार्फत दुई अर्ब रुपैयाँ दिएका छौँ । कृषि उत्पादनका लागि कसैले काम गर्न चाहन्छ भने ५० करोड रुपैयाँ विनाब्याजमा दिने निर्णय हामीले गरेका छौँ,’ उनले भने ।

थाइल्यान्डको कम्पनीसँग मिलेर मकवानपुर वा सिन्धुलीमध्ये एक जिल्लामा रासायनिक मल कारखाना सञ्चालनको तयारी भइरहेकोसमेत उनले जानकारी दिए । कारखाना स्थापना भएपछि मलको अभाव नहुने उनको दाबी छ । चेपाङ, बोटे, वनकरियालगायत लोपोन्मुख जातिलाई घर बनाइदिने निर्णय गरेको पनि उनले बताए । ‘फुसको छानामुनि बसेका परिवारलाई जस्ताको छानो भएको घर बनाइदिने निर्णय गरेका छौँ । एकल महिला, दलित महिलालाई बिउ, पुँजी, प्रविधि र तालिम दिएर आत्मनिर्भर बनाउँदै छौँ,’ उनले भने । 

बागमती प्रदेशभित्र सामुदायिक विद्यालयमा पढेर सामुदायिक कलेजमा पढ्ने सम्पूर्ण छात्रालाई छात्रावृत्ति दिइने पनि बताए । छात्रवृत्तिका लागि आह्वान भइरहेको उनको भनाइ छ । बागमती सरकारले विज्ञान र प्रविधिलाई महŒव दिएको भन्दै पाण्डेले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको पनि जानकारी दिए ।