Skip This
४५ अर्ब रकमान्तर र कर्मचारी सरुवाप्रति एमालेको गम्भीर आपत्ति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४५ अर्ब रकमान्तर र कर्मचारी सरुवाप्रति एमालेको गम्भीर आपत्ति 

निर्वाचन प्रभावित पार्ने सरकारी प्रयासलाई आयोगले तत्काल बन्द गराओस् : प्रदिप ज्ञवाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार २o:३८:oo

नेकपा एमालेले सरकारले विभिन्न मन्त्रालयका ४५ अर्ब बजेट जथाभावी रकमान्तर गरेर आगामी ४ मंसिरको निर्वाचन प्रभावित पार्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले समानुपातिकतर्फका उम्मेदवारहरूको मनोनयनसमेत भइसकेको अवस्थामा निर्वाचन प्रभावित पार्ने गरी सरकारले गरिरहेका पछिल्लो प्रयासप्रति  निर्वाचन आयोग मूकदर्शक र अकर्मण्य देखिएको भन्दै कडा आलोचनासमेत गरे।

‘समानुपातिकतर्फका उम्मेद्वारहरूको मनोनयन भइसकेपछि बजेट रकमान्तर, कर्मचारीहरूको सरुवालगायतका नीतिगत काम केही पनि गर्न मिल्दैन तर सरकारले निर्वाचन प्रभावित पार्न ४५ अर्ब रकम रकामान्तर गर्दा पनि निर्वाचन आयोग अकर्मण्य र मूकदर्शक बनिरहेकोप्रति हाम्रो गम्भीर आपत्ति छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने,‘यसबाट सरकार निर्वाचन भाँड्ने नियतसहित अगाडि बढेको हो कि भन्ने देखियो, त्यसैले निर्वाचन आचारसंहिता तत्काल लागू गरेर आयोगले त्यस्ता काम तत्काल बन्द गराओस् ।’ 

उनले आचारसंहिता लागू गर्न ढिलाइ गरेकाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न थालिसकेकोसमेत बताए। केही दिनयता निर्वाचन प्रभावित पार्न सरकारले विभिन्न जिल्लामा सिडिओहरूको सरुवा गर्ने, आफूअनुकूल हुने गरी मतदान अधिकृतहरूको नाम हेरफेर गर्ने, प्रहरी अधिकृतहरूको सरुवा गर्नेजस्ता काम गरिरहेको एमालेको आरोप छ।