मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवालाई दबाब दिन शेखर–गगन समूहको खबरदारी सभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १४:३८:oo

नेपाली कांग्रेसको संस्थापन इतरसमूहको खबरदारी सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा जारी छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन भेला राखेको हो।

संस्थापन पक्षले न्यायोचित ढंगले समानुपातिक सूची नबुझाएको भन्दै असन्तुष्ट इतरसमूहले दबाब बढाएको हो। इतरसमूहले पार्टीमा ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।