मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : मन्त्री चौधरी धोबीखोला करिडोरको अनुगमनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार ११:५५:oo

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरको अनुगमन गरेका छन्। शनिबार बिहान मन्त्री चौधरीसहितको टोली धोबीखोला करिडोरको अनुगमनमा पुगेको हो।

नयाँ पत्रिका दैनिकले २४ किलोमिटर लामो धोबी खोला करिडोर २० वर्षमा २१ किलोमिटर मात्रै कालोपत्रे भएको समाचार प्रकाशित गरेको छ। समाचार प्रकाशनपछि मन्त्री चौधरीको टोली करिडोर अनुगमनमा निस्केको हो।

सो क्रममा स्थानीयहरूले सरकारले सडक मर्मत र फुटपाथ बनाउन ध्यान नदिएको गुनासो गरे। राज्यले ध्यान नदिँदा आफ्नो घरनजिक आफैँले सडक मर्मत गरेको उल्लेख गर्दै एक स्थानीयले भने, 'फुटपाथ बनाउनुपर्यो। यो म आफैँले बनाएको, राज्यले हेरेको छैन। यस्तो खाल्डाखुल्डी छ। हामी कहाँबाट हिँड्ने ?'

अनुगमनका क्रममा मन्त्री चौधरीले फुटपाथमा सामान राखेर पैदलयात्रीलाई अवरोध नगर्न स्थानीय र सर्वसाधारणलाई आग्रह गरेका थिए। सडकपेटी र फुटपाथमा सामान हटाउन आग्रह गर्दै उनले अटेरी गरेको पाइए अर्कोपटक कारबाही गर्ने चेतावनी दिए। सडक र फुटपाथ मर्मतका लागि ध्यान दिने मन्त्री चौधरीले आश्वासन दिएका छन्।