१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ असोज ७ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका युवाले बुझाए सिडिओ कार्यालयमार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १६:१९:oo

जिल्ला प्रशासन कार्यालयमार्फत सत्तागठबन्धननिकट काभ्रेका युवाले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन्। शुक्रबार नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा माओवादीनिकट योङ कम्युनिस्ट लिग वाइसिएल र एकीकृत समाजवादीनिकट युवा संघ नेपालले संयुक्त रूपमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारमार्फत ज्ञापनपत्र बुझाएका हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि पुगे पनि प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै गम्भीर रूपले प्रहार गरेको उनीहरूको निष्कर्ष छ। संवैधानिक व्यवस्थामाथि नै प्रहार भएपछि सिडिओमार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको तरुण दल जिल्ला अध्यक्ष सुजन लामाले बताए।

राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको वाइसिएल काभ्रे जिल्ला अध्यक्ष  लनमदोर्जे लामाको भनाइ छ। राष्ट्रपति भण्डारीको जनविरोधी कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुबाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको र अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यतामा गम्भीर प्रहार भएको युवा संघ काभ्रेका इन्चार्ज ईश्वर बञ्जराले बताए।