मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Friday, 11 July, 2025
रासस कञ्चनपुर
२o७९ असोज ७ शुक्रबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली बँदेलको मासुसहित होटेल सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
रासस, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १२:२८:oo

जंगली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन्। बिहीबार जंगली बँदेलको मासु फ्रिजमा राख्दै गरेको अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्। 

रावललाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो। होटेलमा जंगली बँदेलको मासु बिक्री–वितरण भइरहेको सूचनाका आधारमा मासुसहित पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।

‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ,’ उनले भने, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ।’ परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए।