मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ७ शुक्रबार ०८:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सफा टेम्पो ल्याए पनि मजदुरले पाएनन् सहुलियत

Read Time : < 1 मिनेट
२०७९ असोज ७ शुक्रबार ०८:०३:००

पेट्रोलियम टेम्पो हटाएर सफा टेम्पो सञ्चालन गरेका स्वरोजगार व्यवसायीले सरकारले घोषणा गरेको सहुलियत नपाएको गुनासो गरेका छन् । ०५६ मा सरकारले पेट्रोलबाट चल्ने टेम्पो विस्थापन गर्न कर छुटको नीति ल्याएको थियो ।

तर, पुरानो टेम्पो विस्थापन गरेर सफा टेम्पो ल्याएका कसैले पनि छुट नपाएको उनीहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुनासो गरेका छन् । त्यस्तै, सवारीसाधन सञ्चालन हुन पाउने २० वर्षे सीमा हटाउनुपर्ने पनि उनीहरूको माग छ । यसलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने उनीहरूले बताएका छन् ।    

अहिले ट्राफिक प्रहरीले सडकमा निर्बाध गुडिरहेका सवारीसाधनलाई पक्राउ गर्दै यातायात कार्यालय तथा यातायात व्यवस्था विभागमा बुझाउने गरेका छन् । पछिल्लो समय यातायात व्यवस्था विभागमा २५ वटा र यातायात कार्यालयमा दुईवटा त्यस्ता गाडी पक्राउ परेर बसेका छन् । तर, उक्त निकायहरूले त्यसलाई छाड्न नमानेको व्यवसायी खड्गबहादुर गिरीले बताए । 

यो व्यवस्था सच्याउन माग गर्दै आफूहरू संघीय सरकारको यातायात मन्त्रालय, संसद्को विकास तथा प्रविधि समिति, यातायात व्यवस्था विभाग एवं सातवटै प्रदेशका यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि मागको सुनुवाइ नभएको उनको भनाइ छ ।