मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीप्रति नेपालको कटाक्ष- कोही धेरै घमन्डी हुन्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार २o:१८:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन्। 

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मेरा नौदशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधनका क्रममा उनले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमन्डीको संज्ञा दिएका हुन्। 

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमन्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमन्डी भएको बताए। उनले मान्छेहरू पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमन्डी बन्ने गरेको बताए। 

‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमन्ड छैन तर कोहीमा बढो अहंकार हुँदो रहेछ। त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बिताउने कुरा ठूलो कुरा हो। मान्छेहरू पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन्,’ उनले भने, ‘कि बलको अहंकारले मात्तिएका हुन्छन् कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन्। केही चिजले मात्तिएका हुन्छन् । क्वालिटी भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ। स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो।’