१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

प्रचारका लागि चलचित्र ‘बाबरी’को टोली पूर्वमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३९:oo

नेपाली चलचित्र बाबरीको टोली प्रचारका लागि पूर्व आएको छ। चलचित्र युनिटले पूर्वका विभिन्न ठाउँमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रचार गरिरहेको हो। झापा, मोरङ र भारतको सिक्किममा छायांकन गरिएको चलचित्र १४ असोजबाट रिलिज हुँदै छ। 

कोरोना महामारीअघि नै छायांकन भएको चलचित्र कोरोनाको कारण प्रदर्शन हुन सकेको छैन। प्रदर्शन मिति नजिकिएपछि चलचित्र युनिटले बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रबारे जानकारी दियाे।
  
चलचित्रका लेखक रंगकर्मी सिजन दाहालले चलचित्र युवा पुस्ताको प्रेमकथामा आधारित रहेको बताए। ‘चलचित्रले प्रेम सँगै भएर पनि नभएको सँगै हुन नसकेको कुरा देखाएको छ,’ उनले भने, ‘चलचित्रले लिभिङ टुगेदरको कल्चरलाई पनि जोडेको छ।’ 

चलचित्रका नायक धीरज मगरले चलचित्र हेर्नैपर्ने भएको बताए। उनले राम्रो चलचित्र निर्माण गर्दा नेपाली दर्शकले मन पराउने बताए। ‘चलचित्र राम्रो बनेको छ। यहाँ कमेडी पनि छ,’ उनले भने, ‘चलचित्र पारिवारिक छ। चलचित्रले राम्रो दर्शक पाउने अपेक्षा गरेका छौँ।’ 

नायिका अदिति बुढाथोकीले टिम वर्कले चलचित्र राम्रो बनेकाले दर्शकको साथ पाउने आशा व्यक्त गरिन्। चलचित्रका कलाकार कमलमणि नेपालले बाबरी अर्गानिक फिल्म भएको बताए। चलचित्र युवा पुस्ताको प्रेममा आधारित मनोरञ्जनात्मक रहेको उनको भनाइ छ। 

चलचित्रको गीत ‘बाबरी रंग’  र ‘चुलबुल चुलबुल’ अहिले चर्चाको शिखरमा छ। गीत चर्चाकै शिखरमा भएका कारण चलचित्रले दर्शक पाउने चलचित्र निर्माण टिमको अपेक्षा छ। 

यद्यपि, आउने साताबाट हलमा प्रदर्शन हुने चर्चामा रहेको चलचित्र ‘प्रेमगीत– ३’ ले असर पार्न सक्ने अनुमान गरिएको छ। ‘प्रेमगीत– ३ ले असर गर्दैन। अहिलेका हलहरूमा दुईवटा पर्दा हुन्छन्। तसर्थ चलचित्रले हल पाउँछ,’ चलचित्रका वितरक चौतन्य बरालले भने, ‘गीत र ट्रेलरले चर्चामा छ। दर्शकको राम्रै साथ पाएको छ। त्यसकारण पनि फिल्म राम्रो चल्ने अपेक्षा गरिएको छ।’ 

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अदिति बुढाथोकी, धीरज मगर, धीरज नाडकर, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्। 
 

ad
ad