अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ। दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ।
बुधबार २४ घन्टे अल्टिमेटम दिएर आज अवैध टहरा र फार्मेसीमा हस्तक्षेप गर्न लागेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।