Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी हरारे
२०७९ असोज ६ बिहीबार ०८:४६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२० बलमै जित्यो केन्याले

Read Time : < 1 मिनेट
एजेन्सी, हरारे
२०७९ असोज ६ बिहीबार ०८:४६:००

 सन् २००३ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा केन्याले चामत्कारिक प्रदर्शन गरी सेमिफाइनल स्थान बनाएको थियो । केन्याको क्रिकेट इतिहासमा यही नै अहिलेसम्मको ठूलो सफलता हो । विश्वकपको सफलतापछि केन्याको क्रिकेट बिस्तारै ओरालो लाग्यो । अहिले केन्या क्रिकेटमा पुरानै साख फर्काउने कोसिसमा छ । यति वेला केन्याको क्रिकेट टोलीको फेरि चर्चा भइरहेको छ । 

दक्षिण अफ्रिकामा चलिरहेको एसोसिएसन कपमा केन्याले केवल २० बलमै सफलता हात पार्‍यो ।  टी–२० खेलमा केन्याले सय बलअघि नै नौ विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको क्यामरुन १४.२ ओभरमै ४८ रनमा अलआउट भयो । केन्याले ३.२ ओभरमै एक विकेटको क्षतिमा ४९ रन बनायो । अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत टी–२० फम्र्याटमा सय बलअघि नै जित निकालेको यो चौथो अवसर हो । 

सन् २०१९ मा अस्ट्रेलियाले टर्कीलाई २.४ ओभरमै हराएको थियो । अस्ट्रेलियाले टर्कीलाई एक सय चार बलअघि नै परास्त गरेको हो । गत जनवरीमा ओमानले फिलिपिन्सविरुद्ध २.५ ओभरमा जित निकालेको थियो । ओमानले एक सय तीन बलअघि नै जितेको थियो ।