१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Saturday, 05 July, 2025
२o७९ असोज ५ बुधबार २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपन आगलागीमा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार २१:२७:oo

काठमाडौंको कपनमा आज भएको आगलागीमा तीनजनाको मृत्यु भएको छ। राममन्दिरको एक कार्यालयमा अक्सिजन सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ट्रेकिङ कार्यालयमा साँझ आगलागी भएको थियो। मृतकको पहिचान हुन बाँकी छ। अन्य क्षतिबारे विवरण पनि आउन सकेको छैन।