मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ असोज ५ बुधबार १८:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन विज्ञ संस्थाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार १८:३९:oo

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ। सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रूपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो।

मंगलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरूमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो। युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका छन्। उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताए। उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्नेसमेत जिकिर गरे।