मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Wednesday, 09 July, 2025
२o७९ असोज ५ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गम्भीर रोगबाट ग्रसित टाइसन

नसासम्बन्धी गम्भीर रोगले च्यापेपछि टाइसन बोल्न र हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार १o:२४:oo

पूर्वहेभिवेट बक्सिङ च्याम्पियन गम्भीर रोगले ग्रसित भएका छन् । टाइसनलाई ‘सायटिका’ नाम रोगले च्यापेको छ । बेलायती मिडियाहरूले टाइसनको अवस्था सामान्य रहे पनि राम्ररी बोल्न सक्ने अवस्थामा रहेको जनाएका छन् । ‘टाइसनलाई स्नायुसम्बन्धी सायटिका रोग लागेको छ, ढाडको नसाहरू धेरै च्यापेपछि गम्भीर अवस्थामा पुग्छ,’ डेल्लीमेलले जनाएको छ, ‘रोगले च्याप्दै गएपछि बिरामीको बोल्न सक्ने शक्ति क्षीण हुँदै जान्छ, टाइसनले यस्तै सामना गरिरहेका छन् ।’ 

टाइसनले अमेरिकामै उपचार गरिरहेका छन् । उनी हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । टाइसनले ह्विलचियरमा पनि लौरोको सहायता लिइरहेको डेल्लीमेलले तस्बिरहरू सार्वजनिक गरेको छ । टाइसनको अनुहार पहिलाको जस्तो तेजिलो देखिँदैन । उनी निराश मुद्रामा छन् । टाइसनले पनि बेलायती मिडियाहरूले आफ्नो तस्बिर सार्वजनिक गरेपछि आफू गम्भीर रोगको सामना गरिरहेको स्वीकार गरेका छन् ।