मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Friday, 14 August, 2026
२o७९ असोज ४ मंगलबार १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा मिटरब्याजीविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १८:५४:oo

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साहको जिल्ला अदालतमा बयान चलिरहेका वेला दबाबस्वरूप पीडितले जलेश्वरमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय हुँदै निस्केको मिटरब्याजी पीडितहरूको र्‍याली नगर परिक्रमा गर्दै जिल्ला अदालतको गेटमा गएर केहीबेर प्रदर्शन गर्दै समाप्त भएको हो।

दर्जनौँ निवेदन परेका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परी अदालतमा उनको बयान चलिरहेकोमा पीडितहरूले आरोपी नछुटोस् भन्दै दबाबस्वरूप नाराबाजीसहितको र्‍याली निकालेको पीडितहरूले जनाएका छन्। दर्जनौँ व्यक्तिको उठिबास गराइसकेको मिटरब्याजी आरोप लागेका अनिरुद्धले दर्जनौँलाई कंगाल बनाइसकेर घरबारविहीन भएका पीडितहरूले कतै पैसाको बलमा उम्कन खोज्ने हुन् कि भनेर अदालतको आफूहरूले ध्यानाकर्षण गराएको पीडित मोहन महतोले बताएका छन्।