मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अभियुक्तको गोपनीयता कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १७:११:oo

अभियुक्तको गोपनीयता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले दायर गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।

अभियुक्तको विवरण सार्वजनिक हुनु फौजदारी न्यायको मूल्य र मान्यता प्रतिकूल हुने रिटमा जिकिर गरिएको छ। 'अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएका राज्यका निकायले व्यक्तिको संवैधानिक हकको संरक्षण गर्ने र सोप्रति संवेदनशील हुन आवश्यक रहेकाले यौनजन्य अभियोग लागेका अभियुक्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक नाम प्रदान गर्नु भनी विपक्षीको नाममा संविधानको धारा १३३ (२) (३) बमोजिम पदमादेशको आदेश जारी गरी पाऊँ,' रिटमा उल्लेख छ।

गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।