Skip This
टुकुचामाथि महानगरको डोजर निरन्तर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार o६:२४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

टुकुचामाथि महानगरको डोजर निरन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार o६:२४:oo

काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको छ ।

खोलाको दायाँ र बायाँ बनेका ती टहरा महानगरले भत्काएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार उच्च अदालत पाटनले आइतबार टुकुचा क्षेत्रका दुईवटा घर नभत्काउन स्टे अर्डर दिएको थियो । तर, महानगरले ती घरबाहेक अन्य ठाउँमा टुकुचा खाली गर्ने क्रमलाई निरन्तरता दिने पाण्डेको भनाइ छ ।

‘टुकुचा भत्काउने काम रोक्दैनौँ, सुरुमा जहाँ सजिलो छ, त्यहीँबाट भत्काउँछौँ, अन्य पक्की भवन महानगरसँग अनुमति लिएको–नलिएको आधारमा भत्काउँछौँ,’ उनले भने, ‘खोलामथि संरचना हटाउने हाम्रो अभियान निरन्तर रहिरहन्छ ।’ उनका अनुसार उपत्यकामा बनेका अन्य अवैध संरचना भत्काउने काम पनि निरन्तर रहनेछ । हालसम्म महानगरले करिब तीन सय अनधिकृत संरचना भत्काइसकेको छ ।