१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
बागमतीमा सफा पानी बगाउने गरी मूलखर्क गाउँको सिरानमा बनेको कृत्रिम पोखरी ।तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीमा सफा पानी बगाउन मुहानमा कृत्रिम पोखरी तयार

धापमा निर्मित पोखरीको पानी आठ महिनासम्म बागमतीमा बगाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:२o:oo

बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले बागमती धापमा बाँध निर्माण भएको छ । बागमती धाप परियोजनाअन्तर्गतको यस बाँध निर्माणको ९८ प्रतिशत काम सकिएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । समितिका अध्यक्ष उद्धव तिमिल्सिनाका अनुसार गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने बागमती धापमा बर्खाको पानी जम्मा गरिएको छ । उक्त पानी २९ असोजपछि बागमतीमा पठाउने तयारी भइरहेको छ । ‘अहिले बागमतीमा फोहोर पानी बगिरहेको छ, यसलाई हामीले छिट्टै सफा पार्दै छोैँ,’ तिमिल्सिनाले भने, ‘केही समयपछि जम्मा भएको पानी बागमतीमा छाड्छौँ ।’

उनका अनुसार समुद्री सतहबाट करिब दुई हजार ८० मिटरको उचाइमा कृत्रिम पोखरी निर्माण गरिएको छ । यति ठूलो पोखरी नेपालमै पहिलो मानिएको छ । यसलाई नेपालमै पहिलो सिएफआरडी ड्याम पनि भनिएको समितिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उपत्यकाको उत्तर–पश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको एक सय ५८ रोपनीमा फैलिएको यो ताल निर्माणमा ४५ करोड रुपैयाँ खर्च भएको छ । यो धापमा २४ मिटर अग्लो बाँध हुनेछ । 

अध्यक्ष उद्धव तिमिल्सिना भन्छन् ‘अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अहिले बागमतीमा फोहोर पानी बगिरहेको छ, यसलाई हामीले छिट्टै सफा पार्दै छोैँ । जम्मा भएको पानी कात्तिकदेखि बागमतीमा छाड्छौँ, यसले बागमतीलाई सफा पार्नेछ । ’

धाप बाँधले सुक्खायाममा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छाड्नेछ । ढल व्यवस्थापन प्रभावकारी हुन सके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै पानी सफा बनाउनेछ । तर, बीच–बीचमा ढल मिसिएकाले शिरदेखि सफा पानी छाडे पनि चोभारसम्म पुग्दा सफा हुन नसक्ने देखिएको छ । समितिका अनुसार हालसम्म आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउन चार सय ५० लिटरजति सफा पानी मिसाउनुपर्ने जाइकाको अध्ययनले पनि देखाएको छ । 

समितिले ड्यामनजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन गरिरहेको छ । धाप ड्याममा जम्मा भएको पानी नागमतीको ड्याममा जम्मा भएपछि छाडिनेछ । 

ad
ad