१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १८:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चोलेन्द्रकी छोरीको आग्रह - नजरबन्द छौँ, जीवनरक्षाका लागि साथ दिनुहाेस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १८:२५:oo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवनरक्षाका लागि पहल गरिदिन जनतासँग आग्रह गरेकी छिन्। 

जबराकी छोरी सुनिधिले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरूको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताएकी हुन्। 

आइतबार अपराह्न बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताएकी हुन्। 

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन्। 

उनले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउन नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको दुःखेसो पोखिन्। सरकारले आफ्नो पावर देखाएर अराजकता फैल्याएको भन्दै  सुनिधिले भनिन्, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चाहरू स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिई आइराखेको वेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्‍यो नि। एकदमै अराजकताको पनि पराकाष्ठा छ। हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाहिँ नेपाली जनताले बुझिदिनुपर्‍यो।

उनले थपिन्, 'हामी मिडियाबाट आह्वान गर्न चाहन्छौँ– सबैजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबैजना उठ्नुपर्‍यो । हामीहरूलाई यस्तो वेलामा नजरबन्दमै राखिएको छ। हामी यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यदि उहाँहरूलाई देशको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नुपर्‍यो।’


सुनिधिका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ। छोरी सुनिधिका अनुसार उहाँलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउनसमेत नदिएको बताइएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाभियोग पुष्टि नभएको भन्दै आज ९ (आइतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए। तर, सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ।

यता, राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गए पनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन।