मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कविता नेपाली कलाकार
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०८:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

१६ घन्टा फास्टिङ गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०८:१६:००

मेरो दैनिकी फिट रहने खालको छ । म ६ बजे पिटी क्लासमा जान्छु । ११ बजेसम्म पिटी क्लासमै व्यस्त हुन्छु । त्यसपछि घरमा आएर खाना खान्छु । त्यसपछि दिउँसो डान्स सिकाउन जान्छु । डान्स र पिटीले मेरो फुल एक्सरसाइज गराउँछ ।  

बिहान पिटी क्लासबाट आएपछि खाना खान्छु । खानामा दालभात खान्छु । मलाई दालभात विशेष मन पर्छ । मेरो खानेकुरामा मुख बार्ने चलन छैन । मैले आफैँले पनि ‘न्युट्रेसन’पढिरहेकी छु । खानाको मात्रा कति खाँदा हुन्छ भन्ने कुरामा मैले ध्यान दिन्छु । पहिले जिम जाँदा प्रोटिन भएको खानेकुरा खान सिफारिस गर्नुहुन्छ । मेरो अनुभवमा दालभात मिलाएर खायो भने स्वाथ्यका लागि राम्रो हुन्छ । 

बिहान ६ बजेदेखि क्लास हुन्छ । त्यसपछि दिउँसो मेरो डान्स क्लास हुन्छ । दिउँसो डान्स क्लास सकेपछि बेलुका जिम सेन्टर जान्छु । म खानेकुरामा ध्यान दिन्छु । १६ घन्टाको फास्टिङ गर्छु । फास्टिङ जीवनका लागि निकै महत्वपूर्ण छ । यसले शरीरको पाचन प्रणालीका लागि सहयोग पुर्‍याउँछ ।

दैनिक चारवटा अन्डा खान्छु । अन्डा खाने पनि तरिका छ । अन्डाको पहेँलो खाँदिनँ । त्यसका लागि बेलुका एकैपटक खाना खान्छु । मासुको मात्रा अलि बढाउँछु । बेलुका ९ बजेसँग खाना खाएर सुत्छु । मेरो त्यसरी नै नियमित दैनिकी सुरु हुन्छ ।